
नयाँ विकल्प,
काठमाडाैं– नवलपरासी पश्चिमको सदरमुकाम परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
शुक्रबार राति ११ बजे भैरहवा–परासी सडकखण्डकाे रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागडस्थित हुलाकी सडक खण्डमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हाे । कार अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय रूपन्देहिले जनाएकाे छ ।
कार चालक रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी सहित चार जना सवार थिए । चालक चाैधरीकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परि गम्भिर घाइतेमध्ये अरू दुइजनाकाे भैरहवास्थित भिम अस्पतालमा मृत्यु भएकाे हाे । उक्त दुर्घटनामा परि घाइते भएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –४ का ३० वर्षीय अनिल यादवकाे उपचार भैरहेकाे र स्वस्थ्य अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...