रुपन्देहीमा कार दुर्घटना, ३ जनाकाे मृत्यु – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

रुपन्देहीमा कार दुर्घटना, ३ जनाकाे मृत्यु

नयाँ विकल्प,

काठमाडाैं– नवलपरासी पश्चिमको सदरमुकाम परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। 

शुक्रबार राति ११ बजे भैरहवा–परासी सडकखण्डकाे रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागडस्थित हुलाकी सडक खण्डमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हाे । कार अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय रूपन्देहिले जनाएकाे छ ।

कार चालक रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी सहित चार जना सवार थिए । चालक चाैधरीकाे घटनास्थलमै मृत्यु  भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परि गम्भिर घाइतेमध्ये अरू दुइजनाकाे भैरहवास्थित भिम अस्पतालमा मृत्यु भएकाे हाे । उक्त दुर्घटनामा परि घाइते भएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –४ का ३० वर्षीय अनिल यादवकाे उपचार भैरहेकाे र स्वस्थ्य अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ श्रावण २४, ०९: १७

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ श्रावण २४, ०९: १७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ श्रावण २४, ०९: १७

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...