कोरनाबाट शनिबार तीनको निधन, काठमाडौमा ६२ संक्रमित थपिए – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

कोरनाबाट शनिबार तीनको निधन, काठमाडौमा ६२ संक्रमित थपिए

नयाँ विकल्प,

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शनिवार तीन जनाको मृत्यु भएको छ भने राजधानी काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी तीन जनाको शनिबार मृत्यु भएको हो ।

काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिय महिलाको शुक्रबार साउन २३ गते कोरोनाबाट मृत्यु भएको थियो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

वीरगंज महानगरपालिका ३ छपकैयाका ७४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मधुमेह र दमका रोगी उनको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन २३ गते शुक्रबार उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको छ । उनी उच्च रक्तचाप र निमोनियाका बिरामी थिए । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

शनिबार देशभर तीन सय ७८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो समेत नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय सय ९२ पुगेको छ । देशभर छ हजार दुई सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

शनिबार देशका विभिन्न अस्पतालबाट चार सय ९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश १ बाट ९ सय ४२, प्रदेश नम्बर २ बाट ३ हजार ३ सय २६, बागमती प्रदेशबाट ६ सय र गण्डकी प्रदेशबाट १ हजार ४ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन ।

प्रदेश नम्बर ५ मा चार हजार एक सय ७९, कर्णाली प्रदेशमा एक हजार आठ सय ८७ र सुदूरपश्चिम प्रदेशमा तीन हजार नौं सय ३८ गरी हालसम्म १६ हजार तीन सय १३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ श्रावण २४, २२: ०८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ श्रावण २४, २२: ०८

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...

भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
  • २०७७ श्रावण २४, २२: ०८

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने...