
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको नागार्जुन नगरको तेस्रो नगर अधिवेशन सुरु भएको छ।
सहिद प्रद्युम्न खड्का चोकमा आयोजित अधिवेशनको उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य धर्मराज गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रममा केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईं, वाग्मती प्रदेश उपसभापति मोहनबहादुर बस्नेत, प्रदेश सदस्य सविन तामाङलगायतको उपस्थिति रहेको छ।

त्यस्तै महासमिति सदस्यहरू किरण गिरी, रीता ढकाल दवाडी, केदार मानन्धर, तीनवटै क्षेत्रका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू, प्रदेश सभापतिहरू राजेन्द्रप्रसाद भट्टराई र मोहनबहादुर बस्नेत, नागार्जुनका १० वटै वडाका नवनिर्वाचित वडा सभापति, निर्वाचन अधिकृत मञ्जरी मल्ललगायत नवनिर्वाचित क्षेत्रीय प्रतिनिधिहरू अधिवेशनमा सहभागी छन्।

कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट औपचारिक रूपमा सुरु भएको थियो। वडा तहमा नयाँ नेतृत्व चयनसँगै महाधिवेशन प्रक्रिया अहिले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको हो।

केही छिटपुट स्थानबाहेक देशभरका अधिकांश वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। वडा अधिवेशनपछि आज देशभर पालिका तहको अधिवेशन आयोजना गरिएको हो।

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...
काठमाडौं : नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...