भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दीसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । अदालतले आदेश प्राप्त भएको मितिबाट बाटाको म्यादबाहेक सो समयसीमाभित्र अनुसन्धान सम्बन्धी सम्पूर्ण मिसिल समेत पेश गर्न भनेको छ ।

दाहाल गत आइतबार मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउपछि छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

भूराजनीतिक विषय र उच्चस्तरीय राजनीतिक संलग्नताबारे दिएको विवादास्पद अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई साइबर अपराधको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०८३ आश्विन ६, १७: ००

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०८३ आश्विन ६, १७: ००

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०८३ आश्विन ६, १७: ००

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...