रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तुलाल प्रसाद जैसवार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। यस्तै, जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत पनि ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्।

प्रहरीका अनुसार जिल्लामा वृद्धवृद्धालाई बन्धक बनाई चोरी तथा लुटपाट गर्ने गिरोह नियन्त्रणमा लिन उनीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। पशुपति श्रेष्ठको समूहका पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा थप आठ वटा आपराधिक घटनामा समेत उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। ती घटनाबारे थप अनुसन्धान भइरहेको छ।

त्यस्तै, नशालु पदार्थ सेवन गराई सक्कली सुनका गहना चोरी गरेर त्यसको स्थानमा नक्कली गहना लगाइदिने गिरोहलाई समेत प्रहरीले पक्राउ गरेको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा छ जना व्यक्तिको संलग्नता पुष्टि भएको र उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

रामेछाप प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेको देखाउने गरी कृत्रिम कागजात तयार गर्ने व्यक्तिलाई समेत पक्राउ गरेको जनाएको छ। उक्त कार्यमा प्रविधिको प्रयोग गरी किर्ते लिखत तयार गरिएको प्रहरीको भनाइ छ।

यसैगरी, सुरुमा भवितव्य ज्यानका रूपमा हेरिएको एक घटनामा प्रहरीले थप अनुसन्धान गरी महत्वपूर्ण सबुत तथा प्रमाण फेला पारेपछि घटनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा परिणत गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।

विभिन्न घटनामा सूक्ष्म अनुसन्धान, प्रमाण संकलन र दोषी पहिचानमा प्रहरीले देखाएको सक्रियताले रामेछाप प्रहरीप्रति नागरिकको विश्वास बढ्दै गएको प्रहरीको दाबी छ। पछिल्ला अपराध अनुसन्धानका उपलब्धिलाई आधार बनाउँदै प्रहरी अधिकारीहरूलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जनाइएको छ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०८३ आश्विन ५, २०: ०४

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०८३ आश्विन ५, २०: ०४

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
  • २०८३ आश्विन ५, २०: ०४

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...