त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।

सोमबार दिउँसो करिब साढे १२ बजे भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागीमा बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनलाई उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले जानकारी दिए।

बसमा आगलागी हुनुको कारण भने खुल्न सकेको छैन। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार बसको चालकको सिट नजिकैबाट आगो लागेको देखिएको थियो। तर, आगलागी कसरी सुरु भयो भन्नेबारे यकिन जानकारी नभएको उनले बताए।

आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • २०८३ आश्विन ५, १३: ३५

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन...

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०८३ आश्विन ५, १३: ३५

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०८३ आश्विन ५, १३: ३५

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...