एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्राउ गरेको हो ।

खेलमा मिलेमतो, अनियमितता तथा ठगी गरेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रीय कार्यालय, त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालले दिएको निवेदन/जाहेरीका आधारमा जोशी र पाण्डेलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन ५, ०८: १३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०८३ आश्विन ५, ०८: १३

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०८३ आश्विन ५, ०८: १३

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...