
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोमबारसम्म काठमाडौं उपत्यकाका तीनसहित ६३ जिल्लामा वडा अधिवेशन सकिएको हो ।
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, वागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलाली सहित ६३ जिल्लाहरूको वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
समितिले दिएको जानकारीअनुसार धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर २ का वडाहरूमा अधिवेशन अन्तिम चरणमा पुगेको छ ।
यसैगरी, अछाम र रुपन्देहीमा ३–३ वडा, डडेल्धुरामा ४ वडा र महोत्तरीमा ८ वडाको मात्र अधिवेशन बाँकी रहेको छ। धादिङ, नुवाकोट तथा सम्पन्न हुन बाँकी रहेका अन्य वडाहरूको अधिवेशन असोज ६ गते मंगलबार पनि जारी रहने समितिले जनाएको छ ।
नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ ।

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...