पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा-१ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् ।

अधिवेशनले आठ जना क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरेको छ। वडा सभापति पूर्णबहादुर देउवा पदेन सदस्यका रूपमा क्षेत्रीय प्रतिनिधि बनेका छन्।

पेसागत विज्ञ कोटाबाट अधिवक्ता रोहितबहादुर देउवा, महिला खुलातर्फ भागीरथी जोशी र दलित कोटाबाट गोमा कामी चयन भएका छन् । खुलातर्फ सन्तोषकुमार खड्का, छविलाल देउवा, बहादुर दमाई र चन्द्रबहादुर देउवा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

यसैबीच ७४ जिल्लामा वडा निर्वाचन सम्पन्न हुँदै छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
  • २०८३ आश्विन ५, १७: १३

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...

प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
  • २०८३ आश्विन ५, १७: १३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज भेट गरेका छन् । सिंहदरबारस्थित...

केन्द्रीय कमिटीमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
केन्द्रीय कमिटीमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
  • २०८३ आश्विन ५, १७: १३

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजबाट सुरु भएको...