
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध, हालै भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षति तथा त्यसपछिका राहत र पुनर्निर्माणका विषयमा छलफल भएको काठमाडौँस्थित नेपाली नियोगले जनाएको छ ।
मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच बाढी प्रभावित क्षेत्रमा भइरहेको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा निरन्तर सहयोग गर्ने विषयमा समेत कुराकानी भएको थियो ।
भेटमा परराष्ट्रसचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...
काठमाडौं : नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै...