
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ । यो लक्ष्य एनपीएल इतिहासकै सबैभन्दा उच्च योगफल हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनायो ।
पोखराका लागि कुशल भुर्तेलले ९९ रनको उत्कृष्ट पारी खेले । उनी शतक बनाउन एक रनले चुके । त्यस्तै, युवराज सामराले ८९ रन बनाए ।
काठमाडौंका कप्तान करण केसीले २ तथा जहानदाद खानले १ विकेट लिए ।
प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंकतालिकाको तेस्रो स्थानमा छ भने प्रतियोगिताबाट बाहिरिसकेको पोखरा पुछारमा छ ।
आजको खेलमा काठमाडौं विजयी भए पहिलो क्वालिफायरमा स्थान बनाउनेछ । पराजित भए भने उसले इलिमिनेटर खेल्नुपर्नेछ ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...