
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका छन्। सो अवसरमा उनले स्थानीयवासीसँग भेटघाट गर्दै छठ पर्वको शुभकामना आदानप्रदान गरेका छन्।
छठ पर्वमा सहभागी हुने क्रममा सभापति थापा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर हालै भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा आफन्तसँग भेट गरेका हुन्।
छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय गाडी (ईभी) मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा एकै परिवारका छ जनासहित सुन्दरपुरका १३ जना र चालक गरी १४ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा एकै परिवारका छ जना सदस्य गुमाएका अवधेश यादवसँग भेट गर्दै सभापति थापाले परिवारको अवस्थाबारे जानकारी लिएका थिए। सो क्रममा उनले परिवारमा बाँकी रहेका एकमात्र जीवित छोराको शिक्षादीक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले ती बालकलाई कक्षा १० सम्मको अध्ययन गराउने आश्वासनसमेत दिएका छन्।
दुर्घटनाबाट प्रभावित परिवारसँगको भेटमा सभापति थापाले दुःखद घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकाकुल परिवारलाई सान्त्वना दिएका थिए।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...