अहिले टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ । उक्त टिपर सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएका थिए । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । त्यहाँ ६१ जना बस्दै आएका थिए । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो ।