गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन् ।विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै कुलपति ओलीले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका हुन् ।

यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भए । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा सरिक भएका प्रधामन्त्री ओलीले अझै सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्नेछन् । यसैगरी, प्रधानमन्त्री ओलीले आजै धनगढीमा नवनिर्मित सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

लायन्स अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न हुँदै
लायन्स अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न हुँदै
  • २०८१ फाल्गुन २५, १८: ०५

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित महेन्द्र पुलिस क्लबको हलमा यही वैशाख ५ गते...

सतर्कता केन्द्रद्वारा ६३२ कर्मचारीलाई कारबाही गर्न सिफारिस
सतर्कता केन्द्रद्वारा ६३२ कर्मचारीलाई कारबाही गर्न सिफारिस
  • २०८१ फाल्गुन २५, १८: ०५

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले विभिन्न कार्यालयमा छड्के...

काठमाडौं महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्नेबारे छलफल
काठमाडौं महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्नेबारे छलफल
  • २०८१ फाल्गुन २५, १८: ०५

काठमाडौं : काठमाडौंका सडक र सहरी सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता...