
नयाँ विकल्प,
काठमाडाैं- सरकारले लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था असाेज १ गते सम्म बन्द राख्ने निर्णय गरेकाे छ ।
काेराेना संक्रमण (काेभिड-१९) फैलिन सक्ने भन्दै सरकारले गत चैत ९ गते देखि लामाे दुरिका सवारी साधन अन्तराष्ट्रिय हवाइ उडान तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे थियाे ।
विगत पाँच महिना देखि बन्द रहेका ति क्षेत्र यहि हप्ता अर्थात १ भदौबाट खोल्ने भनिएकाे थियाे । यसलाइ पुन थपेर एक महिना पछिमात्र भदाैं मसान्तसम्म नखोल्ने गरी सरकारको निर्णय आएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था सञ्चालनबारे थप एकमहिना बन्द राख्ने निर्णय गरेकाे हाे ।
यसअघि मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलाउने र लामो दूरीका यातायात पनि सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सरकारले गत साता मात्रै काठमाडौैं उपत्यकाको हकमा सार्वजनिक र निजी दुवै सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ । सरकारले ६ साउनको रातिदेखि लकडाउन अन्त्यको घोषणा गरे पनि हवाई र लामो दूरीमा सडक यातायात भने विगत पाँच महिनादेखि बन्द छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...