अन्तराष्ट्रिय हवाई उडान,शैक्षिक संस्था र लामाे दुरीका सवारीसाधन असाेज १ गते सम्मका लागि बन्द – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

अन्तराष्ट्रिय हवाई उडान,शैक्षिक संस्था र लामाे दुरीका सवारीसाधन असाेज १ गते सम्मका लागि बन्द


नयाँ विकल्प,

काठमाडाैं- सरकारले लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था असाेज १ गते सम्म बन्द राख्ने निर्णय गरेकाे छ  ।

काेराेना संक्रमण (काेभिड-१९) फैलिन सक्ने भन्दै सरकारले गत चैत ९ गते देखि लामाे दुरिका सवारी साधन अन्तराष्ट्रिय हवाइ उडान तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे थियाे ।

विगत पाँच महिना देखि बन्द रहेका ति क्षेत्र यहि हप्ता अर्थात १ भदौबाट खोल्ने भनिएकाे थियाे । यसलाइ पुन थपेर एक महिना पछिमात्र भदाैं मसान्तसम्म नखोल्ने गरी सरकारको निर्णय आएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था सञ्चालनबारे थप एकमहिना बन्द राख्ने निर्णय गरेकाे हाे ।

यसअघि मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलाउने र लामो दूरीका यातायात पनि सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सरकारले गत साता मात्रै काठमाडौैं उपत्यकाको हकमा सार्वजनिक र निजी दुवै सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ । सरकारले ६ साउनको रातिदेखि लकडाउन अन्त्यको घोषणा गरे पनि हवाई र लामो दूरीमा सडक यातायात भने विगत पाँच महिनादेखि बन्द छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ श्रावण २७, ०६: ५१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ श्रावण २७, ०६: ५१

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ श्रावण २७, ०६: ५१

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...