काठमाडौं । पद्मकन्या क्याम्पसको सभापतिको उमेद्वार प्रजिना दर्नालको डाइनामिक प्यानल चैत ७ गते हुने स्ववियू चुनावमा भिड्दै छन् । अखिल समाजवादी र अनेरास्ववियूको संयुक्त टिमले ‘नयाँ सोच नयाँ गति-भोट फर अनेरास्ववियू र समाजवादी’ भन्दै चुनावी प्रचार प्रसार गरिरहेका छन् ।
नेविसंघ र अन्य विध्यार्थी संगठनका कारण नै पिके क्याम्पसको स्थिति दिनानुदिन ओरालो लागिरहेको बताएकी छिन् । उनले भनिन्, ‘’परिवर्तनको निम्ति पिके क्याम्पसमा सही नेतृत्व र विचार जरुरी भएकोले हाम्रो भिजनलाई विद्यार्थीले जिताउनेछन् । हाम्रो टिमलाई विजयी बनाएर चैत ७ गते पिके क्याम्पसले परिवर्तनको सन्देश दिने पनि बताईन् ।
सभापतिकी उम्मेदवार प्रजिना दर्नालको प्यानलमा सचिवमा अरुणा गौतम, कोषाध्यक्षमा आयुष्मा पण्डित क्षेत्री, प्रत्यक्ष सदस्यहरुमा भूमिका चुनारा, अनुपमा आचार्य, कजिना ढकाल, प्रियंका नापित, सर्मिला कुमारी बुढा, समानुपातिक सदस्यहरुमा प्रेमिता बाँनिया, सल्मा महर्जन, एैलिना आचार्य, बबिता बिष्ट, रुपा नेपाली र श्रीया अधिकारी रहेका छन् ।
उक्त संयुक्त प्यानलले क्याम्पस भित्रका विकृतिहरुको अन्त्य गर्न, स्ववियूलाई विध्यार्थीहरुको सेवा गर्ने संस्थाको रुपमा विकास गर्न, क्याम्पसको शिक्षा र प्रशासनको स्तरवृद्दि गर्न, रोजगारी र उत्पादनका कार्यलाई अघि बढाउन, इमान्दारिता र पार्दर्शिता लागू गर्न र विज्ञान प्रविधि क्षेत्रमा नयाँ नयाँ परियोजनाका साथ १५ बुँदे प्रतिवद्दता समेत सार्वजनिक गरेको छ ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.