मंगलबार देशभर ६ सय ३८ मा कोरोना संक्रमण, उपत्यकामा मात्र एक सय ३४ नयाँ संक्रमित थपिए – Naya Bikalpa
May 1, 2026, Friday      Epaper
काेराेना (काेभिड-१९) संक्रमण

मंगलबार देशभर ६ सय ३८ मा कोरोना संक्रमण, उपत्यकामा मात्र एक सय ३४ नयाँ संक्रमित थपिए

नयाँ विकल्प,

काठमाडाैं- काेराेन संक्रमितकाे सख्या राजधानी काठमाडाैंमा ह्वातै बढेकाे छ । काठमाडाैंमा मात्र मंगलबार एकसय १०, ललितपुरमा १६ तथा भक्तपुरमा ८ जना काेराेना संक्रमित फेला परेकाे स्वस्थ्य मन्त्रालयले जनाएकाे छ ।

देशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ सय ३८ जना संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको बताए।

२४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । यीसहित हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा १० हजार ४ सय ६२ को पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार मंगलबार सम्म कोरोनाका संक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ छ भने काेराेनाकाे संक्रमणका कारण ८३ जनाको कोरोना मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मंगलबार उपत्यकामा मात्र एक सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०७७ श्रावण २७, १७: ३४

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०७७ श्रावण २७, १७: ३४

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०७७ श्रावण २७, १७: ३४

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...