जनताबाट कर लिएर रिटर्नी नदिने सरकारलाई दण्डित गर्नुपर्छ : प्रभु साह – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

जनताबाट कर लिएर रिटर्नी नदिने सरकारलाई दण्डित गर्नुपर्छ : प्रभु साह

काठमाडौं ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको अनावश्यक र मनोमानी कर आतंकले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको टिप्पणी गरेका छन् ।

‘दलाल एवं लुटकारी दलतन्त्र तथा भ्रष्टाचारको बिरोध गरौं, चैत २४ गतेको आन्दोलनमा सहभागि बनौं’ भन्ने मुल नारा सहित आजपा निकटको आम सम्पर्क मञ्चको आज कोटेश्वर, काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको अनावश्यक एवं मनोमानी कर आतंक रोक्न आन्दोलनको बिकल्प नभएको बताए ।

‘अहिलेको व्यवस्थाले तीनै तहका सरकारलाई कानून बनाउने र कर उठाउँने अधिकार दिएको छ । सरकारपिच्छे सरकारको अनावश्यक र मनोमानी कर उठाउने प्रतिस्पर्धा चलेको छ । त्यसैले हामीले भनिरहेका छौं, सरकारको अनावश्यक र मनोमानी कर आतंक रोक्न यो व्यवस्था नै खारेज गर्नुपर्छ । त्यसका लागि हामी सडकमा आउँनै पर्छ, आन्दोलन गर्नैपर्छ, आन्दोलनको विकल्प हामीसंग छैन्’, आजपा अध्यक्ष साहले भने ।

जनतासंग कर लिने तर रिटर्नी नदिने सरकारलाई दण्डित गर्नुपर्ने उनले बताए । करको नाममा जनतासंग सरकारले लुट मचाइरहेको भए पनि जनतालाई त्यसको रिटर्नी केही पनि नदिने सरकार के कामका लागि भन्दै साहले प्रश्न उठाएका छन् । राज्यको ढुकुटी सिध्याएर नेपाली जनतामाथि विदेशी ऋणको भारी बोकाउने वर्तमान सरकार फाल्नुको विकल्प नभएको उनले बताए ।

उनले सरकार र संविधान दुवै असफल भईसकेकाले नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन सफल बनाउन आह्वान गरे । गतबर्ष नै तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले वर्तमान संविधान र सरकारकै कारण अहिले मुलुकमा संकट आएको टिप्पणी गर्दै अहिलेको व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए ।

आउँदो २४ चैतमा आजपाले काठमाडौंमा खबरदारी सभाका साथै बिरोध प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा बसेको बैठकले व्यापक जनसहभागिता जुटाउने निर्णय समेत गरेको छ ।

२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता बिरुद्ध संघर्ष गर्दै आएको छ । गत बर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटी मण्डपबाट दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।

बैठकमा आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष विल्टु यादव, महासचिव त्रिभुवन साह अमर, सचिवद्धय देवी पण्डित, नारायण पाण्डे, नेताहरु किशोरी साह, श्रीनारायण साह, उपेन्द्र साह, रन्जु साह, देव कुमारी, मिनादेवी साह, लखिन्द्रकुमार साह लगायतको विशेष सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०८१ चैत्र १०, ०८: ५२

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०८१ चैत्र १०, ०८: ५२

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०८१ चैत्र १०, ०८: ५२

tc-check https://test.com