
काठमाडौंदेखि दोलखा जिल्लामा रहेको प्रसिद्ध कालिन्चोक भगवतीको दर्शन तथा राजनैतिक भेटघाटका लागि हामी ४३ जना साथीहरु चैत १ गते बिहान ६ः३० बजे कलंकीबाट यात्रा तय गरियो । हामी ४३ जना साथीहरु सबैजना राजनीतिकर्मी भएता पनि यात्रालाई हामीले बिसुद्ध धार्मिक रुपमा बढी प्रयोग गरी रमणीय स्थलको भ्रमण तथा मठमन्दिरको दर्शन गर्ने र धार्मिक अनुष्ठानहरुमा सबै साथीहरु व्यस्त भएम । कलंकीबाट सानेपा ललितपुर भक्तपुर, काभ्रेको पाँचखालको टापुमा रहेको पलान्चोक भगवतीको दर्शन बिहान ९ बजेतिरै गरियो पलान्चोक भगवती माता पनि हिन्दु धर्मावलम्बीहरुको आस्थाको खानी मानिन्छ ।
त्यसैगरी पलान्चोक भगवतीको दिदी पनि सँगै १ किलोमिटर परपर सानो मन्दिरमा अवस्थित माताको दर्शनपछि सबै साथीहरुले बिहानको चिया नास्ता खाई सकेर सुकुटेका लागि हिँडियो । सुकुटेमा बिहानको खानाखाने व्यवस्था गरिएको रहेछ ।
नेपाली कांग्रेस क्षेत्र नं. ९ ख प्रदेश समितिले आयोजना गरेको यो धार्मिक तथा राजनैतिक भ्रमणको प्रमुख नेतृत्व प्रदेश अध्यक्ष राजेन्द्र प्रसाद भट्टराईले लिनुभएकोले खाने बस्ने तथा भ्रमणमा सहजिकरण निकै व्यवस्थित थियो । प्रदेश (ख)का उपाध्यक्ष रमेश प्रसाद गौतम तथा प्रदेश (ख)का सचिव माधव प्रसाद भूषालले सबै साथीहरुलाई यहाँदेखि गाडीमा लाने बाटोमा खानपान तथा बासस्थानको प्रवन्ध व्यवस्थित रुपमा मिलाउनु भएको रहेछ । बाटोमा खाना पनि निकै राम्रो होटलमा व्यवस्था मिलाउनु भएको रहेछ । निकै मिठो मानेर सबै साथीहरुले खाना खाइरहँदा रमाईलो महसुस भयो । धेरै जना साथीहरु भएका कारण कोही बसमा, कोही स्कारपियो र कोही कारमा भएका हुँदा चिया नास्ता खाने र एकैचोटी बासस्थानमा भेट हुँदा पनि ठाउँठाउँको सुन्दर दृश्यको फोटो तथा टिकटक बनाउदै बनाउँदै चरिकोट गएर बास बसियो । चरिकोटमा रहेको अति प्रख्यात दोलखा भिमसेन मन्दिर दर्शन तथा बेलुकीको आरतीमा सबै सार्थीहरु नतमस्तक हुनुभयो । ऐतिहासिक रुपमा रहेको भिमसेनको बल (तागत) प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । बेलाबेलामा दोलखा भिमसेनलाई पसिना आएको भन्ने हल्लाले सो मन्दिर निकै चर्चामा आइरहेको पाइन्छ ।

बेलुकी दोलखा भिमसेनको दर्शनपछि बासबसेको होटलमा पुगेपछि राजनैतिक भेटघाटले काठमाडौंको कांग्रेसका साथीहरु र दोलखाका नेताहरुसँग मुलुक र पार्टीका बारेमा विचार आदानप्रदान तथा सम्बन्ध बढाउने कार्यले आत्मियतामा वृद्धि भयो । दोलखा पार्टी सभापति वर्मा लामा लगायत साथीहरुसँगको भेटघाटले कांग्रेसको आन्तरिक जीवनलाई मजबुद बनाउँछ भन्ने आशा पनि पलायो । बेलुकी खाना नास्ता पनि निकै रोमाञ्चक भएको थियो । भोलीपल्ट बिहान कालिन्चोक भगवतीको दर्शन गर्न जाने कार्यक्रम अनुसार प्रदेश (ख)का सभापति राजेन्द्र प्रसाद भट्टराईको निर्देशन पालना गर्ने सबैको सहमतिअनुसार ५ बजे उकालो लाग्ने भनिएता पनि केही साथीहरु बेलुकी अबेर सुत्नु भएकोले अलि ढिला भयो । करिब १ घण्टा जति गाडीबाट उकालो लागेपछि कुरी बजार पुगिदो रहेछ । कुरी बजारमा गाडी राखेर डेढ घण्टाको लाइनपछि ५ मिनेटको केवुलकार चढी पलान्चोक भगवतीको दर्शन गर्ने सुअवसर पाप्त भयो । कालिन्चोक भगवती देवस्थान कुनै मन्दिरजस्तो नभई पहाडको टापुमा अवस्थित रहेको रहेछ । कालिन्चोक भगवती बागमती प्रदेशको दोलखा जिल्लाको धार्मिक तथा पर्यटक स्थल हो । सो मन्दिर सदरमुकाम चरिकोटबाट उत्तरतिर १७ किलोमिटर टापुमा ३८४२ मिटर हाईटमा अवस्थित रहेको छ । कालिन्चोक भगवती काभ्रेको पलान्चोक भगवती काठमाडौंको शोभा भगवती र अन्य सात भगवती दिदीबहिनी हुन् भन्ने किमदन्ती रहेको पाइन्छ । यहाँ आफै उत्पत्ती भएको शिव पार्वती कुण्ड मन्दिरको विशेषता रहेको पाइन्छ ।
किम्बदन्ती अनुसार कुण्डको दायाँतिर तामाको धाराबाट तामाकोशी नदी र दायातिरबाट सुनको धाराबाट सुनकोशी बगेको भनिन्छ । मन्दिरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेकाले शिव पार्वतीको बासस्थान रहेको किवदन्ती रहेको छ । यस क्षेत्रमा विशेषगरी भेडागोठ रहेको र कालिन्चोक मन्दिर नजिक सबै भेडाहरु जम्मा भएर बस्ने क्रममा भेडाले ढुंगा चाट्दा जलकुण्ड देखिएको जनविश्वास रही आएको छ । कालिन्चोक भगवतीको दर्शनले मानिसको मनोकांक्षा पूरा हुने जनविश्वास रही आएकोले हिन्दु धर्मावलम्बीको भिड लाग्ने गर्दछ । कालिन्चोक भगवतीको दर्शन गर्नाले निरोगी हुने, परिवारमा सुख समृद्धि हुने, सत्रु पराजित हुने, जनविश्वास रही आएको छ । विशेषगरी जाडोको समयमा यहाँ नेपालका हरेक क्षेत्रबाट र मित्र राष्ट्र भारतबाट तिर्थालुहरुको भिड लाग्ने गर्दछ । विशेषगरी जनै पूर्णिमा, चैते दशैं र वडादशैंमा निकै भिड लाग्ने गर्दछ । विशेषगरी पुस, माघ, फागुनमा हिँउ पर्नै भएकोले कालिन्चोकको सौन्दर्यतालाई निकै मनोरम बनाएको देखिन्छ ।

कालिन्चोक टापुबाट प्राकृतिक हिमश्रंखलाहरुको दृश्यले मन निकै आनन्दित बनाउँछ । भगवतीको मन्दिरबाट चारै तिरको प्राकृतिक दृश्यले जोकोहीलाई पनि लोभ्याउँछ नै । चरिकोटबाट १७ किलो मिटरको मोटर बाटोमा साना कार देखि टुरिष्ट बसबाट समेत करिब १ घण्टामा कुरी पुगिन्छ । मोटरसाइकलबाट पनि मानिसहरु जाने आउनु गरेका रहेछन् । बिचबिचमा ढलान बाटो र पिच बाटो भएकोले धेरै असुविधा बेहर्न नपर्ने रहेछ । कुरी बजार निकै पौराणिक र रमणीय स्थल रहेछ । टापुमा अवस्थित मनोकांक्षाको खानी भगवती कालिन्चोकबाट कुरी बजार हेर्दा लाग्छ यतिको प्राकृतिक सौन्दर्यता अन्य कुनै मुलुकमा पनि कल्पना गर्न सकिँदैन । साँच्चिकै मनमोहक दृश्यर धार्मिक स्थलले कसलाई लोभ्याउँदैन र ? कुरी बजारमा लोकल दाल, गेडागुडी तथा चौरीका दुधबाट बनेका छुर्पी लगायत सामान निकै स्वादिला पाइदो रहेछ । कुरी बजारको चिया खादाँ पनि स्वादिलो लाग्यो । कुरीबाट चरिकोट बास बसेको होटलमा बिहानको खानापछि छोटो राजनैतिक भाषण पश्चात ४३ जना साथीहरु काठमाडौंतिर फर्कियौं । बाटोमा पर्ने बलेफीमा माछा तथा खाजाको स्वाद अहिले पनि जिब्रोमा झुण्डिएको छ । त्यसैले मैले त पहिलेदेखि नै भन्दै आएको कुरा पनि यही हो ‘राजनीतिमा पनि धर्म हुनुपर्छ ।’ मानिसमा अलिकति धर्मको भावना भयो भने राजनीति पनि शुद्ध हुन्छ । प्रदेश (ख)को कार्यक्रमले यही महसुस गराएको छ । अत्मियता बढाएको छ । धन्यवाद (ख) प्रदेश कार्यसमिति परिवारलाई ।
सहभागी साथीहरु
सभापति : श्री राजेन्द्र प्रसाद भट्टराई
उपसभापति : श्री रमेश प्रसादगौतम
सचिव : श्री माधब प्रसाद भुसाल
सचिव : श्री देवेन्द्र राज गिरी
सह–सचिव : श्री माधव प्रसाद खतिवडा
सदस्य : श्री उमेश प्रसाद कोईराला
सदस्य : श्री राजु सापकोटा
सदस्य : श्री प्रकाश श्रेष्ठ
सदस्य : श्री गुप्त चन्द्र पोखरेल
सदस्य : श्री वालावति शर्मा
सदस्य : श्री हरिमान लामा
सदस्य : श्री बालकृष्ण पुरी
सदस्य : श्री गोविन्द हरि गोतामे
सदस्य : श्री किरण सिग्देल
सदस्य : श्री अस्मिता बयलकोटी
सदस्य : श्री सुर्यमान तामाङ
केन्द्रिय सदस्य : श्री नानु बास्तोला
महासमिति सदस्य : श्री धर्मराज गौतम
महासमिति सदस्य : श्री रिता ढकाल दवाडी
महासमिति सदस्य : श्री : सुमन श्रेष्ठ
महासमिति सदस्यश्री : रश्मिलामल्ल
महाधिवेसन प्रतिनिधि : श्री शिवजी भट्टराई
जिल्लाकोषाध्यक्ष : श्री राजेन्द्र वुढाथोकी
जिल्ला सदस्य : श्री शुक्र तामाङ
बरिष्ठपत्रकार : श्री दामोदर प्रसाद दवाडी
प्रदेश क सभापति : श्री मोहन बस्नेत
क्षेत्रिय सह–सचिव : श्री कृष्ण के.सी
क्षेत्रियकोषाध्यक्ष : श्री शर्मिला रञ्जित बोहोरा
क्षेत्रिय सदस्य : श्री माधव न्यौपाने
क्षेत्रिय सदस्य : श्री अनिल लामा
चन्द्रागिरि वडा नं १३ सभापति : श्री सन्तोष दाहाल
चन्द्रागिरि वडा नं १३ अध्यक्ष : श्री श्रीकृष्ण खत्री
चन्द्रागिरि वडा नं १२ सदस्य : श्री प्रदिप अधिकारी
चन्द्रागिरि वडा नं १सदस्य : श्री केशव गिरी
नागार्जुन वडा नं ६ सदस्य : श्री झलक तामाङ
नागार्जुन वडा नं ६ : श्री मिठु तामाङ
चन्द्रागिरि वडा नं १५ ः श्री हरिशरण महत
चन्द्रागिरि वडा नं १५ ः श्री अमृत महर्जन
चन्द्रागिरि वडा नं १ ः श्री लक्ष्मण दानि
चन्द्रागिरि वडा नं १ ः श्री बसन्त तामाङ
चन्द्रागिरि वडा नं १३ ः श्री पुस्कर थापा
नागार्जुन वडा नं ६ : श्री झलक तामाङ
महानगर वडा नं १४ श्री पारु थापा
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...