
नयाँ विकल्प,
काठमाडाैं-जनकपुर उपमहानगरपालिका ( तत्कालिन नगरपालीका) का पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट गए राति मृत्यु भएको छ ।
तत्कालीन जनकपुरधाम नगरपालिकाका मेयर गिरीको काठमाडाैंस्थित मेडिसीटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छोरा डा. सन्तोष गिरीले जानकारी गराए ।
७२ वर्षीय कृष्ण गिरी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । काेराेना संक्रमित गिरीकाे उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु हाे ।
काेराेना संक्रमण देखिएपछि गिरीलाइ २० दिन पहिले जनकपुरबाट हेलिकप्टर चार्टर गरेर काठमाण्डौं ल्याइएकाे थियाे ।
गिरी २०४२ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसमा आबद्ध गिरी जनकपुरधामस्थित होटेल रामाका संचालक समेत हुन् । मृतक गिरीका श्रीमती र दुई छोराहरु चिकित्सक छन् ।
काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...
काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...