कुलमान हटाएको विरोधमा माइतीघरमा राप्रपाको समर्थनमा विरोध प्रदर्शन – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

कुलमान हटाएको विरोधमा माइतीघरमा राप्रपाको समर्थनमा विरोध प्रदर्शन

काठमाडौं । कुलमान घिसिङलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ ।बिहिबार माईतीघर मण्डलामा सरकारको कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् । सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य खुस्बु ओलीले कुलमानलाई हटाएर सरकारले एकदमै अन्याय गरेको बताएकी छन् ।

उनीहरूले ‘लोडसेडिङ चाँहिदैन, कुलमान हटाउँन पाइदैन’, ‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘अवस्था बदल्न व्यवस्था बदलौं’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौं’, ‘भ्रष्ट सरकार खारेज गरौं’, ‘देशलाई अध्यारो बनाउने षडउन्त्र बिफल पारौं,’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

राप्रपाले  कुलमानलाई हटाउने निर्णयबारे प्रधानमन्त्रीको जबाफ दिनुपर्ने माग राख्दै सदनमा पनि विरोध जनाउँदै आइरहेको छ।

गत सोमबार मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। सको साथै प्रदर्शनमा नेपाली जनताले के भन्छ, कुलमान घिसिङ ले भन्छ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाएका थिए भने भ्रष्ट सरकार खारेज गरौं, अवस्था बदल्न व्यवस्था बदलौं भनेर लेखको प्ले कार्ड बोकेका थिए ।

 

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ चैत्र १४, १६: ३७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८१ चैत्र १४, १६: ३७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८१ चैत्र १४, १६: ३७

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...