दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी

 काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । प्रसाईमाथि लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोप छ। उजुरीमा उनले समलिङ्गी विवाहबारे झूटो प्रचार गरेको र यो समुदायको कानूनी मान्यताको अपमान गरेको दाबी गरिएको छ।

उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईले नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सार्वजनिक रूपमा गलत सूचना दिँदै नकारात्मक रूपमा चित्रण गरेका छन् । उनले समलिङ्गी विवाहलाई युएसएडद्वारा वित्तीय सहयोग गरिएको भनी झूटो प्रचार गरेका छन् । जुन पूर्णतः भ्रामक र नेपालको एलजिबिटिआई समुदायको कानूनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान हो ।’

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार व्युरोमा दर्ता पनि भइसकेको छ ।

 

हालसम्म १२ समलिङ्गी दम्पतीहरूले कानूनी रूपमा विवाह दर्ता गरिसकेका छन् । नेपाल संविधानले पनि समुदायको अस्तित्व र अधिकारलाई मान्यता दिएको छ र समान सुरक्षा तथा अवसर सुनिश्चित गरेको छ ।

 

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८१ चैत्र १५, १६: १९

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८१ चैत्र १५, १६: १९

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८१ चैत्र १५, १६: १९

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...