लोकतन्त्र र संसदीय सर्वोच्चता हराएको छ : प्रभु साह – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

लोकतन्त्र र संसदीय सर्वोच्चता हराएको छ : प्रभु साह

काठमाडौं, १७ चैत्र । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले अहिले नेपालमा व्यवहारमा लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् । अहिले लोकतन्त्र र संसदीय सर्वोच्चता हराएको उनको टिप्पणी छ । आज रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।

उनले भने, ‘हिजो हामी लोकतन्त्रको लागि जसरी लड्यौं, अहिले लोकतन्त्र छ ? जनताको सर्वोच्चता यसैलाई भन्छौं ? नेपालमा निर्वाचित संस्थाको सर्वोच्चता छ ? निर्वाचित संस्था माथि नै छ त ? म भन्छु–अहिले पार्टीको हैकम छ । देश पार्टीले चलाएको छ । त्यसमा पनि पार्टीभित्रको गुटले । सांसद भनेको पार्टीको कारिन्दा मात्र हो । अहिले लोकतन्त्रको मजाक बनाईयो । हिजो लडेर ल्याईएको परिवर्तन र बदालव उल्टाईयो, लोकतन्त्रको ठाउँमा दललतन्त्र बनाईयो । राष्ट्रियताको लागि लडेका थियौं, विदेशीलाई नागकिरता दिने नाँगै राष्ट्रघात भयो । संघीयताको नाममा ७६१ को दुनियाँमा नभएको तीन तहको सरकार बनाईयो । अल्पसंख्यकको लागि लडिएको थियो, अहिले शासकलाई पोसियो । समानताको सट्टा विशेषाधिकार ल्याईयो । प्रतिष्पर्धाको लागि लडेका थियौं, सिण्डिकेट बनाईयो ।’

उनले नेताहरुको शासनलाई गणतन्त्र भनेर भ्रम बनाईएको भन्दै आलोचना गरे । उनले भने, ‘जनता देशको मालिक भएका छैनन् । कांग्रेस र एमालेले निर्वाचनको प्रतिबद्धता उल्लंघन गरेका छन् । कुन कानूनले कांग्रेस र एमालेको सरकार बनाउनुभयो ? तपाईंहरुलाई कानून लाग्दैन ? दुनियाँमा नभएको जात्रा नेपालमा भैरहेको छ, सबैलाई थाहा छ अहिलेको क्याविनेट सिस्टममा प्रधानमन्त्री भनेको अल नि वान हो, तर प्रधानमन्त्रीमाथि अख्तियार लाग्दैन् ।’

उनले हिजो राजाको पालामा समेत सभा तथा सम्मेलन गर्ने ठाउँहरु छुट्याईएको भएपनि अहिले जनताले सभा गर्ने थलो नभएकोमा आक्रोश पोखे । उनले भने, ‘केपी ओली सभा गर्नुपर्यो भने एउटा सडकमा गर्नुहुन्छ, प्रचण्डजीले गर्नुपरे अर्को सडकमा गर्नुहुन्छ, तर जनताले कहाँ सभा गर्ने ?’ उनले कांग्रेस र एमाले दुवै दलमा ओरिजनल नेताको भ्यालु नभएको र खाली पहुँच भएकाहरुको मात्रै बोलवाला रहेको टिप्पणी गरे ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८१ चैत्र १७, १८: ४१

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८१ चैत्र १७, १८: ४१

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८१ चैत्र १७, १८: ४१

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...