सरकारले जनताको आक्रोशलाई नजर अन्दाज गर्ने काम गर्यो : रवि लामिछाने – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

सरकारले जनताको आक्रोशलाई नजर अन्दाज गर्ने काम गर्यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्रवादी दलहरूसँग फोटो खिचाउने पक्षमा आफ्नो दल नरहेको बताएका छन् ।सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए । उनले आफू केही समय अझै शान्त बस्न खोजेपनि सरकारको कारण जिम्मेवारीमा फर्किनुपरेको बताए । उनले आफ्नो टाउकोमाथि सरकारले अझै पनि तरबार झुण्ड्याइरहेको बताए । जे हुन्छ होस् थप लगाउँदा पनि हुन्छ मुद्दा । तर, सरकारले जनताको आक्रोशलाई नजरअन्दाज गर्ने काम गरेको छ । जनतामा ठुलो आक्रोश आएको छ । त्यसलाई चिर्नुपर्ने र बदल्नुपर्ने थियो तर हुन सकेको छैन ।’

उनले भने, उनले भने,‘सरकारले सक्नेजति जोड बल लगाएको छ । केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन् । तिमीहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगतहुनजेसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु । लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’

साथै, सरकारले आफूलाई जिउँदै छाड्नु नै आफ्नो जित रहेको उनले बताए । सभापति लामिछानेले शरीरमा एकथोपा रगत रहेसम्म लुटतन्त्रको विरुद्धमा लडिरहने उद्घोष गरे । ‘यिनीहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ । यही नै मेरो जित हो ।

उनले भने, ‘सरकारको षड्यन्त्रको यो शिलशिला अझै सकिएको छैन, तर कुनै दिनपनि हार मानेको थिइन, कहिल्यै हार मान्नेवाला पनि छैन् । जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ । जतिसुकै आक्षेप लागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।’

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८१ चैत्र १८, १८: ११

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८१ चैत्र १८, १८: ११

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८१ चैत्र १८, १८: ११

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...