बहादुरी देखाउने सुरक्षा गार्डलाई पाँच लाख पुरस्कार, पाँच ग्रेड बढुवा – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

बहादुरी देखाउने सुरक्षा गार्डलाई पाँच लाख पुरस्कार, पाँच ग्रेड बढुवा

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट जोगाउन ‘बहादुरी’ प्रदर्शन गरेका सुरक्षागार्ड दुलप्रसाद पराजुलीले आफूले उक्त दिन डर नमानी लुटेराहरूसँग जुधेको प्रतिक्रिया दिएका छन् ।बुधबार काटेश्वर भाटभटेनीमा आयोजित एक कार्यक्रमकाबीच भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले काटेश्वर भाटभटेनीका सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान  गरेका छन्   । त्यस्तै उहालाई पाँच ग्रेड बढुवा समेत गरिएको छ ।

आफ्नो अनुभव सुनाइरहेका पराजुलीलाई एक सञ्चारकर्मीले प्रश्न गरे, ‘तपाईंलाई डर लागेन ? उनले जवाफमा भनेका छन्, ‘मलाई डर लागेन ।’ पराजुलीका अनुसार उनले विसं २०५८ सालदेखि भाटभटेनी सुपरमार्केटमा जागिर सुरु गरेका हुन् ।

उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

सो क्रममा सुरक्षागार्ड पनि नगदसहित सम्मान गरेको थियो । त्यस्तै भाटभटेनीले चैत्र १५ गतेको प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८१ चैत्र २०, १७: ०३

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८१ चैत्र २०, १७: ०३

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८१ चैत्र २०, १७: ०३

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...