वायु प्रदूषण बढ्यो , अनिवार्य रूपमा मास्क लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

वायु प्रदूषण बढ्यो , अनिवार्य रूपमा मास्क लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो ।

उपत्यका आसपास लागेको डढेलोको धुँवा र उपत्यकाभित्रकै सवारी साधनबाट उत्सर्जित भएका धुँवा अनि धुलोका कारण उपत्यका प्रदूषित बनेको हो।

आईक्यूएयरका अनुसार आज साझसम्म धुम्म भएको काठमाडौं खुल्ने सम्भावना छ । बिहान अत्यधिक प्रदूषित भएको हावा दिउँसो २ बजेदेखि कम हुने आईक्यूएयरको पूर्वानुमान छ ।
स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर बाहिर यात्रा गर्नैपरेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन भनेको छ । मन्त्रालयले वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, र घाँटीलगायतका अङ्गहरूमा गम्भीर असर पार्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएको छ ।
पहिलो नम्बरमा भने इराकको बग्दाद परेको छ । त्यहाँको वायु गुणस्तर १ हजार १०१ एक्यूआई पुगेको छ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म बादल लागेको छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८१ चैत्र २१, ०९: ५१

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८१ चैत्र २१, ०९: ५१

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८१ चैत्र २१, ०९: ५१

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...