बारमा दलीय हस्तक्षेप रोक्न व्यवसायीक समूहले जित्नुपर्छः रमन श्रेष्ठ – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

बारमा दलीय हस्तक्षेप रोक्न व्यवसायीक समूहले जित्नुपर्छः रमन श्रेष्ठ

काठमाडौं । ‘व्यवसायिक कानुन व्यबसायी समूहका’ का उम्मेदवारले नेपाल बार एशोसिएशनलाई सरकार र दलीय हस्तक्षेपबाट मुक्त गर्न आफुहरुले जित्नुपर्ने बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले बारमा पनि बालुवाटार र बुढानिलकण्ठको ठाडो आदेशमा आफ्ना रोजाईका व्यक्ति उम्मेदवार खडा गरेको दाबी गरे ।

सो समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले एकपछि अर्को गर्दै राज्यका हरेक निकायलाई राजनीतिकरण तथा दलीयकरण गर्दा राज्य असफलताको दिशामा गइरहेकोे जिकिर गरे । २७ औं बार केन्द्रीय समितिको चुनावी उम्मेदवारका लागि सत्ता गठबन्धनका दुई ठूला दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र  प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो हस्तक्षेप गरेको आरोप लगाउँदै श्रेष्ठले भने, “कानून व्यवसायीको स्वतन्त्र पेशागत धर्म र सगठनिक आत्मनिर्णयको अधिकारविरुद्ध बालुवाटर र बुढानिलकण्ठले आफ्ना मान्छे उभ्याउनु उचि हो ?”

श्रेष्ठले आफ्ना प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता प्रा.डा.विजय प्रसाद मिश्र र उनि आबद्ध संगठनको आधिकारीक उम्मेदवार नभएको र त्रिभुवन विश्वविद्यालयका पूर्णकालिन प्राध्यापकसमेत भएकोले पनि नीतिसंगत उम्मेदवार बन्न नपाउने जिकिर गरे । प्रा.डा.मिश्र नेतृत्वको ‘बृहत लोकतान्त्रीक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहसँग गतिला एजेण्डा नभएको बताउँदै श्रेष्ठले भने, “उहाँहरु चुनावी प्रतिबद्धता र मौलिक एजेण्डा त हाम्रो चोरेर छाप्नु हुन्छ, यदि उहाँहरुले जिते बारको बचेखुचेको प्रतिष्ठा माटोमा मिलाउने निश्चित छ ।”

श्रेष्ठले आफूहरुसँग बारको प्रतिष्ठा र गरिमा बढाउने मात्रै नभएर न्यायालयभित्रको बेथिति र भ्रष्टाचारको अन्त्य गर्ने प्रष्ट एजेडा भएको बताउँदै भने, “हामीसँग साढे ३ दशकको यो क्षेत्रमा अनुभव छ र भ्रष्टाचारको जालो च्यात्ने अस्त्र अनि दृढ प्रतिबद्धता पनि, त्यसैले हाम्रो टिमलाई जिताउनहोस् ।”

बारको कार्यकारी परिषद कर्मकाण्डी भूमिकामा सिमित बनाईको र त्यसको निश्चित सीमा रहेकाले आफूहरुले जित्ने वित्तिकै फैसला अध्ययन समिति गठन गरी तत्काल काम अघि बढाने श्रेष्ठले बताए । फैसला अध्ययन समितिले काम गर्न थाल्ने वित्तिकै धेरै भ्रष्ट न्यायाधीश, ओकिल र बिचौलियाको पर्दाफास हुने बताउँदै भने,“भ्रष्टाचारको जालो च्यात्न यहाँबाट सुरु गर्छौ अनि राज्यका अन्य निकायमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने छ ।” श्रेष्ठले आफू नेतृत्वको ‘व्यवसायीक कानून व्यवसायी समुह’लाई जिताउन अपिल गरे ।

सोही समूबाट महाचिवका उम्मेदवार अधिवक्त यज्ञमणि न्यौपानेले देश संघीय संरचनामा गइसक्दा न्यायालय र बरमा भने अझैपनि एकात्मकता चल्दा जनताले सास्ती खेप्नु परेको बताए । न्यौपानेले आफ्नो समूह विजयी भए विधान अधिवेशन गरी संघीय संरचनामा लैजाने बताउँदै भने, “अहिले पनि न्याय क्षेत्रमा पुरानै सम्रचना अनि सोच छ त्यसलाई भत्काउन हरके अदालतमा बार युनिट राख्नुपर्ने छ ।”

न्यौपानेले अदतालतमा व्यापक भ्रष्टाचार हुने र त्यसमा बारले पनि बोन्न नसक्ने अवस्था हुनुको परिणाम न्याय क्षेत्रमा पनि दलतन्त्र छिर्नु मुख्य कारण भएकाले त्यसलाई भत्काउन आफ्नो समुहलाई जिताउन आग्रह गरे ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८१ चैत्र २१, १८: ५७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८१ चैत्र २१, १८: ५७

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८१ चैत्र २१, १८: ५७

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...