
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ ।
बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । त्यसपछि प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।
ओली भोलि केबलकार निर्माणमा विवाद उत्पन्न भएको ताप्लेजुङ जाने कार्यसूची रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री सातै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम अनुसार मधेस प्रदेशसभामा सम्बोधन गर्न लागेका हुन।त्यसैगरी प्रधानन्त्री ओलीले सिरहा सदरमुकाममै रहेको सूर्यनारायण सत्यनारायणा मरवेत्ता यादव क्याम्पसमा आयोजित आमसभालाई सम्बोधनसमेत गर्ने कार्यक्रम तय भएको छ।
काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...
काठमाडौं : नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...
काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...