काठमाडौं । काठमांडौको भृकुटीमण्डपमा चैत्र २८ देखि ३१ गतेसम्म हुने दोश्रो रास्ट्रीय हर्टिकल्चर एक्स्पो २०८१ हुने भएको छ । एक्सपोको सम्पुर्ण तयारी पुरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । समग्र नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा यस वर्ष देखि पुष्प, फलफुल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको वृहत प्रदर्शनी गरीने मेला संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ। साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ ।यसपटक उपत्यका बाहिरका नर्सरी ब्यवसायीहरुको समेत सहभागिता र स्टल रहने हुनाले देशैभरका उत्पादनहरुको बारेमा जानकारी लिन सजिलो हुने नर्सरी ब्यवसायीसंघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले बताए ।
अध्यक्ष तिमिल्सिनाका अनुसार एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै १ करोड २५ लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा संघको रहेको छ । मेलामा ७४ वटा व्यवसायीक स्टल, ३ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल सहित जम्मा ९ वटा स्टल रहने छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु।
५० रहेको छ ।नर्सरी व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिश्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र द्वारा पुरस्कृत गरिने पनि पत्रकार सम्मेललनमा जानकारी गराइयो । प्रतिस्पर्धाको मुल्याकंन गर्न कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा ३ सदस्यीय मुल्याकंन समिति गठन गरी ‘‘दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान” र ‘‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान” द्वारा १ जना ब्यवसायीलाई सम्मान गरिने नर्सरी ब्यवसायी संघले जनाएको छ । दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१ को सह–आयोजक संस्थाहरु पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ ।
सहयोगी संस्था ए।जि।ए एग्रो कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रीकल्चर, ग्रिस्मा नर्सरी र सृजना एग्रीकल्चर प्रा लि।, ए।बि।टि मोटर्स साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा।लि। र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेवल फार्म रहेको छ । नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार भन्ने नारा लिएर नर्सरी व्यवसायी संघ नेपालले ३ वटा एक्स्पो भव्यताका साथ सम्पन्न गरेको छ भने नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्यक्रम लगाएत सामाजिक कार्य समेत संघले गर्दै आइरहेको छ ।
काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...
महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...
काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई...