काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ ।
यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको।कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम खालको वर्षा मापन भएको छ |
आजभन्दा भोलिलाई वर्षाको सम्भावना धेरै सम्भावना रहेको विभागले जनाएको छ । बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
“आजभन्दा भोलि वर्षाको सम्भावना धेरै छ,” विभागका मौसमविद् भने, “पर्सि (शुक्रबार)लाई पनि वर्षाको सम्भावना छ । शुक्रबार दिउँसोभन्दा बिहानको राति बढी वर्षाको सम्भावना छ ।”
पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षाको सम्भावना रहेको हो|
काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...
काठमाडौं : नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...
काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...