आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग सम्बोधनमा सरकार ढिलाई गर्नु ठिक होईन् : प्रभु साह – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग सम्बोधनमा सरकार ढिलाई गर्नु ठिक होईन् : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग सम्बोधन गर्न माग गरेका छन् । ढिलाई, आलटाल नगरी आन्दोलनरत पक्षसंग वार्ता, सम्बाद गरी यथासिघ्र माग सम्बोधन गर्न उनले आग्रह गरेका छन् ।

सिंहदरबारमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष साहले मधेस प्रदेशको राजधानी जनकपुरमा आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग यथासिघ्र सम्बोधन गरी काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

‘प्रदेश सरकारको कार्यशैली ठिक भएन् । कर्मचारीहरु हप्तौदेखी धर्ना सहित आन्दोलनमा हुँदा उनीहरुको मागको बारेमा छलफल गरी समाधान गर्नुपथ्र्यो । तर सरकार सुनेर, बुझेर पनि सुतेजस्तो गर्छ । यो ठिक होईन् । आन्दोलनरत ति सिनियर अहेब, सिनियर अनमीको कुनै नयाँ माग होईन् । पुरानै माग रहेको छ, जुन उनीहरुले पाउँनुपर्छ । उनीहरुको हकअधिकारकै कुरा हो । सरकारले यथासिघ्र वार्ता, छलफल गरेर समाधान गर्नुपर्छ । काम गर्ने वातावरण बनाउनुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।

सरकार उनीहरुको माग सम्बोधनमा ढिलाई गरेकाले सर्वसधारणको सेवा समेत प्रभावित भएको छ । सरकारले यि सबै कुरा बुझेर छिटै आन्दोलरत पक्षसंग वार्ता, सम्बाद गरेर अगाडी बढनुपर्ने सुझाव साहको रहेको छ ।

मधेस प्रदेशको आठ वटै जिल्लाका सिनियर अहेब, सिनियर अनमीहरु संघर्ष समिति गठन गरी विगत दुई सातादेखी आन्दोलनमा छन् । विगतदेखी पाउँदै आइरहेको २ तह स्तरबृद्धि पाउँनुपर्ने माग उनीहरुको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम बिगतदेखी पाउँदै आएको सो सेवा प्रदेश सरकार तथा गठित सुझाव समिति गम्भिर नदेखिएकाले आफूहरुले संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएको सिनियर अहेब, सिनियर अनमीहरुको भनाई रहेको छ ।

सम्बन्धित समाचार

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi
  • २०८१ चैत्र २८, १७: ००

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi Salam, mənim adım Elvin Həsənov, və bu yazıda Pin Up Casino-nu...

What live casino games does Gransino offer?
  • २०८१ चैत्र २८, १७: ००

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

What should a beginner know before a first deposit at BetBlast?
  • २०८१ चैत्र २८, १७: ००

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...