आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन

काठमाडौं । आम जनता पार्टी (आजपा)ले देश लुटेर भाग्ने भगौडा दलालहरूको नाम सार्वजनिक गर्ने निर्णय सहित केन्द्रीय कमिटी विघटन गरेको छ । केन्द्रीय कमिटी विघटन गरी प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

काठमाडौं कोटेश्वरमा बसेको आजपा स्थायी कमिटी बैठकले महाधिवेशन कमिटी गठन गर्ने निर्णय गरेको हो । यस्तै तेस्रो जनआन्दोलनलाई सफल बनाउन जिल्ला, पालिकाहरुमा सर्वपक्षीय भेलाबाट जनआन्दोलन परिचालन कमिटी गठन गर्ने निर्णय बैठकले गरेको छ ।

‘पार्टी पदाधिकारी सहितको केन्द्रीय कमिटीलाई विघटन गर्दै अध्यक्ष प्रभु साहको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । महाधिवेशनसम्मका लागि विघटित पदाधिकारीहरू अब केन्द्रीय कार्यालय सदस्य हुने, स्थायी कमिटीका सदस्यहरू सचिवालय सदस्य हुने र केन्द्रीय सदस्यहरु स्वतः केन्द्रीय आयोजक सदस्यको रूपमा रहने निर्णय गरिएको छ,’ आजपा प्रवक्ता चन्द्रभुषण साहले आज जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकले दलाल दलतन्त्र र नेताहरूको लुट–भ्रष्टाचारको भण्डाफोर गर्ने र देश लुटेर भागने भगौड़ा दलालहरूको नामावली सार्वजनिक गरी अवैध सम्पत्ति राज्यलाई बुझाउने निर्णय गरेको छ ।

‘भगौड़ा दलाल वर्गको पक्षपोषण गर्ने वर्तमान संवैधानिक व्यवस्था र नेताहरुको कुकर्मले आज जनतामा चरम निराशा, अविश्वास एवं आक्रोश बढ्दै गएको सन्दर्भमा मुलुकलाई सम्भाव्य दुर्घटनाबाट जोगाउन तत्काल दलाल दलतन्त्रविरुद्धको तेश्रो जनआन्दोलनलाई सफल तुल्याउनुको विकल्प नरहेको निष्कर्षसहित घोषित जनआन्दोलनको दोश्रो चरणको कार्यक्रमलाई निम्नानुसार अगाड़ी बढ़ाउने निर्णय गरेकोछ,’ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै बैठकले सिंहदरबार घेराउ गर्ने निर्णय समेत गरेको छ । गणतन्त्रको आवरणमा दलतन्त्र एवं नेतातन्त्रको अभ्यास गरिरहेका नेताहरुलाई सत्ताच्यूत गर्न आउदो १५ जेठमा सिंहदरबार घेराउ गर्ने निर्णय भएको आजपा नेता बालकृष्ण सापकोटाले जनाएका छन् ।

‘आउदो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा गणतन्त्रको आवरणमा दलतन्त्र एवं नेतातन्त्रको अभ्यास गरिरहेका नेताहरुलाई सत्ताच्यूत गर्न सिंहदरबार घेराउ गर्ने तथा त्यसका लागि प्रत्येक जिल्ला तथा पालिकाहरूमा सर्वपक्षिय भेलाद्वारा जनआन्दोलन परिचालन समितिहरु गठन गर्ने निर्णय गरिएको छ,’ आजपाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०८१ चैत्र २९, ०८: ४२

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०८१ चैत्र २९, ०८: ४२

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०८१ चैत्र २९, ०८: ४२

tc-check https://test.com