विहिबार मुलुकभर कोरोनाका ५ सय २५ संक्रमित थपिए,४ काे मृत्यु – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

विहिबार मुलुकभर कोरोनाका ५ सय २५ संक्रमित थपिए,४ काे मृत्यु

नयाँ विकल्प,

काठमाडाैं-बिहीबार मुलुकभर कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय २५ संक्रमित थपिएको जानकारी दिए।

थपिएकाे संख्या याे संख्या सहित मुलुकभर संक्रमितको संख्या जम्मा २४ हजार ९ सय ५७ पुगेको छ। पछिल्लाे २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। हालसम्म १६ हजार ८ सय ३७ जना कोरोनाबाट निको भइ घर फर्किएकाे मन्त्रालयकाे जनाएकाे छ ।

२४ घण्टामा ९ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ८३ हजारकाे पिसिआर परीक्षण भएकाे छ।


पछिल्लन्र २४ घण्टामा काेराेना संक्रमित मध्ये ४ मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा, महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा, धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।


कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ। मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०७७ श्रावण २९, १६: ५६

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०७७ श्रावण २९, १६: ५६

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०७७ श्रावण २९, १६: ५६

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...