काठमाडौं । नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भरोसा माओवादीप्रति बढेको बताएका छन् ।गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष क.पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान टिम अन्तर्गत नवलपुरको गैडाकोट पुगेका छन् ।माओवादी नै परिवर्तनको बाहक भएको भन्दै उनले सुशासन, सामाजिक न्यायका निम्ति माओवादीले सधैं पहरेदारी गर्ने बताए ।
राष्ट्रिय राजनीतिमा संकट आउने खतरा देखेपछि केही दिन अभियान रोकेर माओवादी काठमाडौंमा केन्द्रित भएको बताएका प्रचण्डले १५ चैतको जनप्रदर्शन र जनसभाले त्यो खतरा चिरेको दावी गरे ।
अभियान टिमलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासंग रहनुहुने छन् ।
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...
काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...