काठमाडौं ।अहिले देशभर स्थानीय वायुको प्रभाव छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभरि बदलीको अवस्था छ।बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
बुधबार मंगलबारको तुलनामा केही कम पानी पर्ने बताइएको छ ।बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ। दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।तराईका एकदुई स्थानमा पनि वर्षाको सम्भावना छ।साथै उच्च पहाडी भूभागहरूमा हल्का हिमपातको पनि सम्भावना छ।
काठमाडौंमा पनि बुधबार दिउँसो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...
काठमाडौं : नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...
काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...