काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन्। संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन्। उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन्।
संसारभरबाट संस्कृति,सम्पदा,खेल,व्यापार,समाजसेवा,राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन्।
उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन्।डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन्।
वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन्।
उपप्रमुख डंगोलले भनिन् -‘संसारभरको यो मञ्चमा समग्र नेपालको प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रूपमा छनोट हुँदा थप खुसी लागेको छ ।’
उनलाई छनोट गर्ने आधारमा सांस्कृतिक सम्पदा प्रवर्द्धन, युवाशक्ति सशक्तिकरण र सहरी नवप्रवर्तनमा समर्पित एक ऊर्जावान नेता भएको तथा समावेशी शासन प्रणालीको पक्षधर भएर काठमाडौंका विविध समुदायको आवाजलाई प्रतिनिधित्व गर्न निरन्तर दत्तचित्त भएकाले छनोट गरिएकोु भनिएको छ ।
काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...
काठमाडौं : नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...
काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...