आज विश्व सम्पदा दिवस मनाइँदै – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । कुनै पनि मुलुकको ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य अर्थात महत्व झल्काउने स्थल या संरचनाहरू त्यहाँका सम्पदा हुन् ।  नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ ।  विश्व सम्पदा दिवसका लागि विभिन्न रचनात्मक कार्य समितिले  गर्ने जनाएको छ ।विश्व सम्पदा दिवस नेपालको लागि केवल एक अन्तर्राष्ट्रिय दिवस मात्र होइन, यो आफ्नै पहिचान, आत्मा र संस्कृतिको पुनर्जागरणको अवसर हो । चोरी भएका मूर्तिहरूको पुनःस्थापना केवल भौतिक सम्पदाको फर्काइ मात्र होइन, यो नेपाली जनताको आत्मसम्मान र सांस्कृतिक पुनर्जागरणको प्रतीक हो ।यस दिवसमा हामीले हाम्रो सम्पदाको संरक्षणमा प्रतिबद्धता जनाउँदै भविष्यका पुस्ताहरूलाई समृद्ध सांस्कृतिक विरासत सुम्पनु आवश्यक छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा हुने पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाको पनि सहभागिता रहने जनाइएको छ । स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा आएर समापन हुने उनले सुनाए । स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा आएर समापन हुनेछ ।

 

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ बैशाख ५, ०७: ४०

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ बैशाख ५, ०७: ४०

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ बैशाख ५, ०७: ४०

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...