वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

“स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ ।” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ  ।

जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गएको वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ बैशाख ५, १२: ०६

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ बैशाख ५, १२: ०६

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ बैशाख ५, १२: ०६

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...