दिपक मनाङ्गेको सांसद पद धरामा – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

दिपक मनाङ्गेको सांसद पद धरामा

सर्वोच्च अदालतको फैसलासँगै डन दिपक मनाङ्गेको साँसद पद धरापमा परेको छ । सर्वाेच्च अदालतले १४ वर्ष पुरानो मुद्धामा मनाङ्गेलाई तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको छ । मंगलबार अदालतले गरेको न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यसअघि पुनरावेदन अदालत पाटन गरेको निर्णयलाई सदर गरेको हो ।
मनाङ्गे नेकपा एमालेको समर्थनमा मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित सांसद हो । नेपालको संबिधानको धारा १७८ को उपधारा ‘घ’ मा उल्लेख गरिएको व्यवस्थाअनुसार अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति प्रदेशसभा सांसद बन्न अयोग्य हुने उल्लेख गरिएको छ ।

सर्वाेच्चको फैसलासँगै उनको सांसद पद स्वत ः निलम्बनमा परेको छ । तर बसांसद पद खारेज नै हुन्छ वा निलम्बन फुकुवा हुने हो त्यो भने हेर्न बाँकि छ । समय अनुसार दल बदलिरहने मनाङ्गे २०४६ सालदेखि गुन्डागर्दीमा सक्रिय छन् । ठमेललाई सुरुवातदेखि आफ्नो क्षेत्र बनाएर संगठित गु्न्डागर्दीमा लागेका मनाङ्गे एमालेको सहयोगमा प्रदेशसभा सदस्यमा निर्वाचत भएका हुन् । उनले अपराधिक क्रियाकलाप र राजनीतिको यात्रालाई सँगसँगै अगाडि बढाउदै आएका छन् । उनको समूहमाथि २०६१ सालमा मिलन चक्रेलाई तरबार होनेको मुद्दा परेको थियो ।
त्यसक्रममा जिल्ला अदालतले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनाको थियो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो । त्यही मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको ठहर गर्दै मनाङ्गेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । मनाङ्गेसँगै मुद्दमा जोडिएका रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई भने सफाइ दिएको थियो । २०७० जेठ १० गते सर्वोच्चमा पुनरावेदनका लागि दर्ता भएको फौसलालाई सर्वोच्चले मंगलबार सदर गरेको हो ।

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७४ माघ ८, ०८: ३२

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७४ माघ ८, ०८: ३२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७४ माघ ८, ०८: ३२

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...