सर्वोच्चको आदेश पालना गरी शिक्षक आन्दोलनमा समाधान खोजौं : नेपाल बार – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

सर्वोच्चको आदेश पालना गरी शिक्षक आन्दोलनमा समाधान खोजौं : नेपाल बार

काठमाडौं।नेपाल बार एसोसिएसनले पेशागत लगायतका माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघसँग शीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न अपिल गरेको छ ।
सोमबार नेपाल बारको तर्फबाट महासचिव बरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तिमा बारले आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायातलगायत दैनिक जन–जीवन प्रभावित भइ जनजीवन कष्टकर भएको र पठनपाठन नभई विद्यार्थीहरुको संविधानप्रदत्त शिक्षा सम्बन्धी हकहरुको हनन भई निर्धारित परीक्षाहरु समेत अवरुद्ध भएकाले समाधानको पहल गर्न अनुरोध गरिएको छ ।

सम्मानित सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र देखिएका समस्याहरुका बारेमा शीघ्रातिशीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद, नेपाल सरकार र नेपाल शिक्षक महासंघ लगायत सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई नेपाल बार एशोसिएशन हार्दिक अपिल गर्दछ,’ उक्त विज्ञप्तिमा भनिएको छ ।यसैगरी बारले वैशाख १४ गते भएको दिन दोहोरो झडपमा पत्रकार, शिक्षक र सुरक्षाकर्मीहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ बैशाख १५, २१: ३२

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ बैशाख १५, २१: ३२

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ बैशाख १५, २१: ३२

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...