आज अक्षय तृतीया,जौको सातु र सर्वत खाने दिन – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

आज अक्षय तृतीया,जौको सातु र सर्वत खाने दिन

काठमाडौं । आज तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीयाको दिन् । आज प्रारम्भ गरिएको हरेक कार्यको अक्षय फल मिल्छ भन्ने विश्वास रहिआएको छ। वर्षको सबैभन्दा पवित्र दिन हुनाले यस दिनलाई विध्ननाशक दिन पनि भनिएको छ। गर्मीको मौसम भएकाृले यस दिन भगवानको पूजा,दान गर्ने,सातु सर्वत खुवाउने गरिन्छ ।

सातु अर्थात जौ,चना,आदि गेडागुडी भुटेर तयार पारिएको पीठो । सातु खाने दिन पनि हो आज । यो वैदिक,सनातन संस्कार र वैज्ञानिक रुपले पनि महत्वको छ भने स्वास्थ्यको दृष्ट्रिले पनि राम्रो मानिन्छ । सत्य यूग र त्रेता युगको आरम्भ भएको दिनको रुपमा पनि आजको दिनलाई विश्वास गरिने गरिएको छ ।यसैदिन विवाह,गृहकार्य,नयाँ व्यापार सुरु गर्नेका लागि पनि राम्रो मानिन्छ । आजैको दिन शिव र पार्वतीको विवाह भएको दिनको रुपमा पूजा गर्ने चलन पनि छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ बैशाख १७, ०९: ३०

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ बैशाख १७, ०९: ३०

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ बैशाख १७, ०९: ३०

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...