‘बेटीके साथ मेयर’ कार्यक्रम अन्तर्गत १५९ घर परिवारलाई चेक वितरण – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

‘बेटीके साथ मेयर’ कार्यक्रम अन्तर्गत १५९ घर परिवारलाई चेक वितरण

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटीके साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रमको चर्चा नेपालमा मात्र नभएर यसको भारतको बिहार राज्यमा समेत हुने गरेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो कार्यक्रमले मौलापुरको चौतर्फी चर्चा हुने गरेको छ ।

मौलापुर नगरपालिकाको कार्यालयमा आज आयोजित एक विशेष समारोह मार्फत १५९ घर परिवारलाई ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम अन्तरगत ३०/३० हजार रुपैयाको चेक हस्तानान्तरण गरिएको छ ।

यो कार्यक्रम अन्तरगत कानून अनुसार विवाह गर्न उमेर पुगेका छोरीहरुको विवाहमा मौलापुर नगरपालिकाले ३० हजार आर्थिक सहयोग गर्दै आएको छ । अहिलेसम्म हजारौं घरपरिवारले यो सेवा पाईसकेको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् । मेयर साह आफै छोरीको विवाहमा सहभागि हुदै नगरपालिकाको तर्फबाट चेक हस्तानान्तरण गर्दै आएको तर कुनै कारणले सो रकम पाउन नसकेको परिवारलाई पछि बोलाएर दिने गरिएको उनले जनाएका छन् ।

‘कानून अनुसार छोरीहरुको विवाह गर्ने समयमा नगरपालिकाले ३० हजार सहयोग गर्दै आएको छ । यस अघि पनि यो सेवा हजारौं परिवारले पाईसकेका छन् । बिभिन्न कारणले छुटहुन गएका परिवारलाई आज चेक हस्तानान्तरण गरिएको हो’ साहले भने ।

छोरीको विवाहको बेलामा नै चेक पाउनुपर्ने तर निवेदन नदिएकाले ढिला हुन गएको, कागजी कार्य पुरा नभएको वा अन्य कारणले ढिलाई हुन गएपछि नगरपालिकाले बोलाएर नै ३० हजारको चेक दिएको विभाकुमारी पटेलले बताईन् । ‘सबैले पाउँछन्, मैले पनि पाए । छोरीको विवाहको बेला खर्च त बढी नै हुन्छ तर नगरपालिकाले कमसेकम यती सहयोग गर्नु, छोराछोरीको पढाई, परिवारको स्वास्थ्य लगायतका बिषयमा राम्रो काम गरेकाले हामी खुशी छौं’ पटेलले भनिन् ।

यस्तै चेक पाउने अर्को सुनरीकुमारी यादवले मौलापुर नगरपालिकाको यस्तो काम धेरै नै राम्रो भएको बताईन् । ‘हुन त यो सानो रकम हो । तर हाम्रो लागि ठुलो हो । हामीलाई यति सहयोग गरेर माया, स्नेह राखिराख्ने मेयर रिना दिदिलाई म धन्यवाद भन्न चाहन्छु । उहाँले सधै यस्तै राम्रो काम गर्दै अगाडी बढुन हाम्रो साथसहयोग सधै नै रहन्छ’ यादवले चेक पाएपछि खुशीले गदगद हुँदै भनिन् ।

यस्तै अर्का सेवाग्राही ममताकुमारी यादवले समेत मेयर रिना साहको तारिफ गरे । ‘छोरीको विवाह होस् वा मालपोत कर, कुनै प्रकारको सिफारिस । हामीले कुनै पनि किसिमको कर तिर्नुपर्दैन नगरपालिकामा । फ्रि बिजुली, फ्रि पानी लगायतका कार्यक्रमले हामीले खुशी छौं । म त भन्छु यि कार्यक्रम अरु पालिकाका साथै मधेस प्रदेश सरकार र हाम्रो प्रधानमन्त्री केपी ओलीजीले पनि सिकेर देशैभरी लागु गर्नुपर्छ’ यादवले भने ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहलमा ‘बेटीके साथ मेयर’ कार्यक्रमका साथै ‘फ्री बिजुली, फ्री पानी’ लगायतका महत्वपूर्ण कार्यक्रम लागु भएको छ । मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क, नागरिकत्ता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शुन्य करको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसधारण खुशी व्यक्त गर्दै आएका छन् ।

मधेस प्रदेशकै एक र पहिलो महिला मेयर रिनाकुमारी साहको जनपक्षीय कामले अहिले चौतर्फी चर्चा भईरहेको छ । रौतहटको मौलापुरकी मेयर साहले जनताको पक्षमा गरेको बिभिन्न कामले उनी चर्चामा रहेकी छन् ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०८२ बैशाख १७, २०: ३८

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०८२ बैशाख १७, २०: ३८

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०८२ बैशाख १७, २०: ३८

tc-check https://test.com