काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको छ । आज उपत्यकामा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको हो ।
विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...
काठमाडौं : नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...
काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...