आजको मौसमको अवस्था – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

आजको मौसमको अवस्था

काठमाडौं। देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।हाल देशभर आंशिकदेखी साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो एक घन्टामा उदयपुरको कटारीमा १८.८ मिलिमिटर वर्षा भएको छ। मोरङको हैरैँचामा ९.८, मोरङकै लेटाङमा ९.८, विराटनगरमा २.६ मिलिमिटर वर्षा भएको छ।
मंगलबार अधिकांश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ बैशाख २३, ०८: ३५

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ बैशाख २३, ०८: ३५

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ बैशाख २३, ०८: ३५

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...