प्रचण्डलाई योगेशको प्रश्न : कुलमान हटाउँदा किन मुटुमा गोली लागेजस्तो गरेको ? – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

प्रचण्डलाई योगेशको प्रश्न : कुलमान हटाउँदा किन मुटुमा गोली लागेजस्तो गरेको ?

काठमाडौं ।नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमबारे दिएको अभिव्यक्तिको जवाफ दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा भाग लिंदै उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई माओवादीले किन उचालेको भन्दै प्रश्न गरे ।‘तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो त। एकपटक सम्झिनुस् त तपाईंले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई। अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोष्ट खडा गरेर अर्को मुख्यसचिव ल्याउनुभयो। उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता किन गरिरहनुभएको छ? मुटुमै गोली लागेजस्तो किन भएको छ?

उनले सरकारले नियमित प्रक्रियामा यो काम गरेको भन्दै कुलमान घिसिङलाई हटाएको विषय उचाल्नुको औचित्य नभएको बताए।प्रचण्डले आफूले अध्यादेश ल्याएर तीन महिनाअघि नै प्रिबजेट छलफल गरेकामा उल्ट्याइएको भन्दै आपत्ति जनाएका थिए । प्रचण्डले सरकार अप्राकृतिक रहेको र बिचौलिया हाबी भएको भनेर लगाएको आरोपप्रति पनि भट्टराईले आपत्ति जनाए ।

शिक्षकको आन्दोलनका विषयमा प्रचण्डले शिक्षकलाई सडक नछोड्न भनेर अभिव्यक्ति दिएका थिए । भट्टराईले त्यसको पनि आलोचना गरे ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ बैशाख २३, १४: १५

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ बैशाख २३, १४: १५

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ बैशाख २३, १४: १५

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...