नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न भएको छ । मंगलबार बेलुका लबिम मलमा रहेको क्युएफएक्स हलमा मौलिक नाचगान सहित प्रिमियर सो सम्पन्न गरिएको हो । प्रिमियरमा फिल्मको टिमसहित अन्य फिल्मकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रह्यो। प्रिमियरअघि केही समय मौलिक नाचगान प्रस्तुत गरिएकाे थियाे।कथाकार इन्द्रबहादुर राईको ऐतिहासिक कथा ‘जार’ मा आधारित चलचित्र जारमा तत्कालीन समाज, संस्कृति, व्यवस्था र विशेष गरि जारको कथालाई यस चलचित्रमार्फत देखाउन खोजिएको छ।

मगर समुदायको सांस्कृतिक नृत्यबाट सुरु भएको कार्यक्रममा चलचित्रको कथा, गीतसंगीत र भीएफएक्सको खुलेर प्रशंसा गरिएको छ। इन्द्रबहादुर राईको कथामा आधारित ‘जार’ नेपाली इतिहास र संस्कृतिको झल्को दिने मौलिक चलचित्रका रूपमा चर्चा भएको छ।

चलचित्र हेरेपछि अधिकांशले चलचित्र ‘जार’को तारिफ गरेका छन् । संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने सिनेमाले प्रेम र वीरता पनि प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ । चलचित्रमा प्रयोग गरिएको भीएफएक्स र प्रयोग गरिएका गीतसंगीतको खुलेर तारिफ भएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको चलचित्र ‘जार’ पूर्ण मौलिक चलचित्र बनेको बताए। उनले त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि यो चलचित्र हेर्न पनि सुझाव दिए। साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर २२५ वर्ष अगाडिको कथामा फिल्म ’जार’ बनेको हो।फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा अभिनेता सौगात मल्ल,अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापालगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुँदैछ। यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८२ बैशाख २४, १७: ४९

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८२ बैशाख २४, १७: ४९

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८२ बैशाख २४, १७: ४९

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...