नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न भएको छ । मंगलबार बेलुका लबिम मलमा रहेको क्युएफएक्स हलमा मौलिक नाचगान सहित प्रिमियर सो सम्पन्न गरिएको हो । प्रिमियरमा फिल्मको टिमसहित अन्य फिल्मकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रह्यो। प्रिमियरअघि केही समय मौलिक नाचगान प्रस्तुत गरिएकाे थियाे।कथाकार इन्द्रबहादुर राईको ऐतिहासिक कथा ‘जार’ मा आधारित चलचित्र जारमा तत्कालीन समाज, संस्कृति, व्यवस्था र विशेष गरि जारको कथालाई यस चलचित्रमार्फत देखाउन खोजिएको छ।

मगर समुदायको सांस्कृतिक नृत्यबाट सुरु भएको कार्यक्रममा चलचित्रको कथा, गीतसंगीत र भीएफएक्सको खुलेर प्रशंसा गरिएको छ। इन्द्रबहादुर राईको कथामा आधारित ‘जार’ नेपाली इतिहास र संस्कृतिको झल्को दिने मौलिक चलचित्रका रूपमा चर्चा भएको छ।

चलचित्र हेरेपछि अधिकांशले चलचित्र ‘जार’को तारिफ गरेका छन् । संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने सिनेमाले प्रेम र वीरता पनि प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ । चलचित्रमा प्रयोग गरिएको भीएफएक्स र प्रयोग गरिएका गीतसंगीतको खुलेर तारिफ भएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको चलचित्र ‘जार’ पूर्ण मौलिक चलचित्र बनेको बताए। उनले त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि यो चलचित्र हेर्न पनि सुझाव दिए। साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर २२५ वर्ष अगाडिको कथामा फिल्म ’जार’ बनेको हो।फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा अभिनेता सौगात मल्ल,अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापालगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुँदैछ। यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८२ बैशाख २४, १७: ४९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८२ बैशाख २४, १७: ४९

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८२ बैशाख २४, १७: ४९

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...