काठमाडौं । तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्।
मोटरसाइकलका चालक रामेछापका पदम थापा मगरको दाहिने हातमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी अपिलराज बोहराले जानकारी दिए । दुर्घटनामा क्रमशः काभ्रे र दोलखाका रत्नबहादुर शार्की र मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूकाे कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा तीन जना घाइते भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने वर्ष २७ को पदम थापा मगर, भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई हाल शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की र बसमा सवार दोलखा घर भएकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
बिहीबार बिहान ६:३५ मा काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बोहराले बताए।
बसका चालक इलामको सूर्योदय नगरपालिका-५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिइएको गिरीले जानकारी दिए ।
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...
मन्थली : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा...