देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मुख्यतया सफा – Naya Bikalpa
May 9, 2025, Friday      Epaper

देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मुख्यतया सफा

काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक मात्र प्रभाव छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पछिल्लो ६ घन्टामा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ। शुक्रबार दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

शुक्रबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

त्यस्तै कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका ‍एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति नै देशका हिमाली भू–भागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षामा सरकार सचेत छ : परराष्ट्र मन्त्रालय
पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षामा सरकार सचेत छ : परराष्ट्र मन्त्रालय
  • २०८२ बैशाख २६, ०७: ०३

काठमाडौं : सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको...

डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
  • २०८२ बैशाख २६, ०७: ०३

काठमाडौं : पानी पर्न थालेकाले डेंगु संक्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी...

साढे ५२ हजारलाई निःशुल्क कानुनी सेवा
साढे ५२ हजारलाई निःशुल्क कानुनी सेवा
  • २०८२ बैशाख २६, ०७: ०३

काठमाडौं : काठमाडौं महानगरपालिका (कामपा) उपप्रमुख सुनिता डंगोलले हालसम्म महानगरबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएको...